मलंगवामा अब रातको समयमा मात्र कर्फ्यू

काठमाडौँ । सर्लाहीको मलंगवामा चार दिनपछि दिउँसोको समयमा कर्फ्यु हटेको छ । मलंगवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको झडपछि प्रशासनले लगाएको कर्फ्युको समय चार दिनपछि छोट्याइएको हो ।

आजदेखि दिनको कर्फ्यु हटाएर राति ८ बजेदेखि बिहान ४ बजेसम्म मात्रै कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनकै नेतृत्वमा आज बसेको समन्वय सहजीकरण बैठकले मलंगवामा लगाइएको कर्फ्युको समय घटाएको हो । अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको यादवले बताए ।

दिनको समयमा कर्फ्यु आदेश निष्कृय गरिएको भएता पनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साविक मलंगवा नगरक्षेत्रभित्र कुनै प्रकारको भेला हुन, जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ ।

सामाजिक सञ्जालमा सामाजिक सद्भाव बिगार्ने खालका हल्ला एवम् अफवाह फैलाउने व्यक्तिहरुको पहिचान गरी साइवर अपराध गरेको अभियोगमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ । असोज ४ गते साँझ मूर्ति सेलाउने क्रममा झडप भएपछिको अवस्थालाई मध्यनजगर गर्दै प्रशासनले सोही दिन राति १० बजेबाट अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्मला पन्त हत्या प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार अर्यालले मिडियामा दिएको विवरण सत्यतामा आधारित नभएको र समाजमा गलत सूचना फैलाउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहॊस