शिक्षकहरूको आन्दोलनले दिनभर अस्तव्यस्त बानेश्वर-माइतीघर क्षेत्र (भिडिओ)

काठमाडौँ । शिक्षकहरुको आन्दोलनले बानेश्वर-माइतीघर क्षेत्र अस्तव्यस्त बनेको छ । बुधबारदेखि आन्दोलन सुरु गरेका उनीहरुले बिहीबार पनि आन्दोलन जारी राखेपनि यो क्षेत्रको यातायात अस्तव्यस्त बनेको हो ।

संघीय संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ । उनीहरूले माइतीघर मण्डलदेखि बानेश्वरसम्म पैदल हिँडेर प्रदर्शन गरेका थिए । प्रदर्शनले उक्त क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ ।

महासंघले मन्त्रीबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै आन्दोलन सुरु गरेको हो । गत वर्षको तथ्यांकअनुसार हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् । सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार विद्यार्थी छन् ।

मुलुकका विभिन्न जिल्लाबाट आएका शिक्षक र विद्यालय कर्मचारीको धर्नामा संलग्नता छ । महासंघले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली सेनाले माग्यो विभिन्न पदमा आवेदन (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त …

प्रतिकृया दिनुहॊस