चिकित्सकको आन्दोलनले बिरामीको बिचल्ली

काठमाडौं । चिकित्सकहरुले देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामी मर्कामा परेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा सेवा ठप्प पार्दा बिरामी मर्कामा परेका हुन् ।

उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवा पाउनबाट बन्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

सेवा बन्द गरे हुँदा सामान्य ओपिडि लगायतमा उपचार गर्न आउनेहरु बिचल्लीमा परेका छन् । विशेषगरि टाढाबाट आएका बिरामीहरू मारमा परेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको …

प्रतिकृया दिनुहॊस