आज सुनचाँदीकाे मूल्य बढ्याे

काठमाडौं । साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनको मूल्य ५ सय रूपैयाँले बढेकाे छ।

शुक्रबार १ लाख ११ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता, चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ३ सय ९५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप