सिभिल बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेड र यूनियन नेपाल लाईफ इन्स्योरेन्सबीच सम्झौता भएको छ ।

बैंकले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले इन्स्योरेन्ससँग सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।

अब यूनियन नेपाल लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवा सिभिल बैंकका देशभर छरिएका ६९ शाखाबाट पाइने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

बैंकले यस अघि पनि जीवन वीमा कम्पनिहरु मेटलाइफ, एल.आई.सी. नेपाल र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन वीमा कम्पनिहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री