फिफा वरियताः नेपाल एक स्थान झर्यो, बेल्जियम शीर्ष स्थानमा

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गर्ने विश्व वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले बिहीबार जारी गरेको पुरुष टोलीको अक्टुबरको वरियतामा नेपाल एक स्थान तल झदै १ सय ६१ औं स्थानमा छ ।

नेपाल गएको महिना १ सय ६० औं स्थानमा रहेको थियो ।

दक्षिण एसियामा सबैभन्दा अघि भारत ९७ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेको छ । नेपालभन्दा पछि भुटान १ सय ८८, बंगलादेश १ सय ९४, पाकिस्तान १ सय ९९ र श्रीलंका २ सय १ औं स्थानमा छन् ।

वरियतामा बेल्जियम शीर्ष स्थानमा पुगेको छ । गएको महिना फ्रान्ससँगै शीर्ष स्थानमा रहेको बेज्लियम अहिले एक्लै शीर्षमा रहेको हो । फ्रान्स दोस्रो स्थानमा झरेको छ ।

यसैगरी ब्राजिल तेस्रो, क्रोएसिया चौथो र इङ्ल्यान्ड पाँचौं स्थानमा छ । उरुग्वे, पोर्चुगल, स्विट्जरल्यान्ड, स्पेन र डेनमार्क क्रमशः छैटौं देखि दसौं स्थान सम्म छन् ।

वरियतामा सबैभन्दा राम्रो ८ स्थान सुधार गरेर जिब्राल्टर १ सय ९० औं स्थानमा पुगेको छ । सबैभन्दा खराब मोजाम्बिक ९ स्थान तल झरेर १ सय २२ औं स्थानमा पुगेको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

ब्राजिलसँग उरुग्वेको रोमाञ्चक बराबरी, अर्जेन्टिना विजयी

काठमाडौं । फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल उरुग्वेसँग बराबरीमा रोकिएको छ …

प्रतिकृया दिनुहॊस