साफ यु १५ : नेपालद्वारा माल्दिभ्स पराजित

काठमाडौं । साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोजक नेपालले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

नेपालका लागि जान लिम्बु, नमस थापामगर, सशांक बोहरा र दिपेश राईले एक एक गोल गरे ।

खेलको २८ औं मिनेटमा जान लिम्बुको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । त्यस्तै खेलको ३५ औं मिनेटमा नमस थापा मगरले गोल गर्दै नेपालले अग्रता दोब्बर बनायो ।
यसैगरी ६३ औं मिनेटमा शशा‌क बोहराले नेपालका लागि तेस्रो गोल गर्दै तेब्बर अग्रता दिलाए । ६८ औं मिनेटमा दिपेश राईले गोल गर्दै नेपाललार्इ फराकिलो जित दिलाए ।

त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा पाकिस्तानले भारतलाई २–१ गोलले पराजित गरेको छ ।

प्रतियोगितामा आयोजक नेपालसहित ६ राष्ट्रको सहभागिता रहेका छन् । समूह ए मा आयोजक नेपालसँगै बंगलोदश र माल्दिभ्स रहेका छन् । समूह बि मा भने भारत, भुटान र पाकिस्तान रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप