ललिता निवास प्रकरणः नापीका तत्कालीन अमिन धरौटी बुझाउन नसक्दा कारागार चलान

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा पक्राउ परेका नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो भने केशव तुलाधरलाई साधारण तारिखमा छाडेको थियो ।

सो क्रममा आरोपी श्रेष्ठ भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका छन्। उनलाई अदालतले सात लाख ५० हजार धरौटी माग गरेको थियो । तर, धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका हुन् । अब उनी धरौटी जुटाए छुट्न सक्छन् । तर धरौटी नबुझाएको खण्डमा फैसला नहुञ्जेलसम्म पनि कारागारमै रहन सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछानेलाई काठमाडौं ल्याइने

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति …

प्रतिकृया दिनुहॊस