काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुसी यामी भट्टराईले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन् । आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित मानुसी बालकोट पुगेकी हुन् ।
फेसबुकमा भेटको तस्बिर राख्दै मानुसीले लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष आदरणीय के.पी. शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात् ।’ मानुसी मंसिर ४ मा माओवादी केन्द्रको चुनाव चिन्हबाट काठमाडौं ७ मा उम्मेदवार बनेकी थिइन् ।
तपाईंको प्रतिकृया



