नेपाललाई जितका लागि ४० रनको लक्ष्य

काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले जितका लागि ४० रनको लक्ष्य पाएको छ । नेपालले टस जितेर भुटानलाई बलिङ गर्ने निम्तो दिएपछि पहिलो ब्याटिङ गरेको भुटानले २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको हो ।

नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने कप्तान रुविना क्षेत्री, कविता कुँवर र खुशी डंगोल १/१ विकेट लिएका हुन् । भुटानका २ खेलाडी रनआउट भएका थिए ।

भुटानका लागि कप्तान देचेन वाङ्माले २१ रन बनाउनुबाहेक अन्य ब्याटरहरुले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपालले जारी प्रतियोगितामा खेलेका तीन खेलमा तीनवटै खेलमा जित हात पार्दै ६ अंक जोडेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री