ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ ले बढ्यो, पेट्रोल ४ रुपैयाँ महँगो

LP-Gas/ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्ने

काठमाडौँ । सरकारले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर दुई सय ३५ ले बढेको हो ।

इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव १७ र दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री