महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले परिष्कृत अनलाइन सेवा सञ्चालनमा ल्याएको छ। ग्राहकहरुको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकले सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको हो।

बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै रुपमा खाता खोल्न, ग्राहक पहिचान विवरण अद्यावधिक, नयाँ डेबिट कार्ड, मोबाइल बैंकिङ सेवाहरु प्राप्त गर्न सक्नेछन्।

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंक वित्तीय संस्थाका तर्फबाट सबैभन्दा बढी कर तिर्नेमा नबिल बैंक सम्मानित

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा बैंक, वित्तीय र बिमा संस्थाअन्तर्गत सबैभन्दा …

प्रतिकृया दिनुहॊस