चीनले जारी गरेको नक्साप्रति बालेनको आपत्ति, चीन भ्रमण नजाने निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चीनले हालै प्रकाशित नक्साको विरोध गर्दै चीनको भ्रमण रद्ध गर्ने निर्णय गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत् मेयर बालेनले २०७७ सालमा नेपालले निकालेको चुच्चे नक्सालाई हटाएर चीनले बुच्चे नक्सामा परिणत गरेकोमा विरोध जनाउँदै चीनको निमन्त्रणमा जान लागेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा स’र्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस