काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवा निर्वाचित भएकी छन् । सोमवार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिसोर साह सुडीले देउवा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरे ।
निर्वाचित भएपछि देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताइन् । उनले संविधान अनुरुप र जनताको आसा अनुरुप सरकारलाई सुझाव दिने बताइन् । उनले कृषी वृहत क्षेत्र रहेको भन्दै आफूले सदैव समन्वयकारी भुमिका निर्वाह गरेर अघि बढ्ने बताइन् ।
उनले संवद्ध मन्त्रालयलाई आवश्यक अनुसार निर्देशन दिइने र सरकारको काम गर्ने शैलीमा सुधार ल्याउन समितिले अग्रणी भुमिका खेल्ने बताइन् ।
तपाईंको प्रतिकृया




