सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय कायम भएको छ । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला एक लाख १० हजार पाँच सय ५० कायम छ । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर एक हजार चार सय ६० तोकिएको महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री