ललिता निवास प्रकरण : २९० जनाविरुद्ध मुद्दा दर्ता, संगठित अपराधमा मुद्दा नचलाइने

काठमाडौँ ।  ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालयले केही बेरअघि काठमाडौँ जिल्ला अदालतमा अभियोजन दर्ता गराएको हो ।

उनीहरुविरुद्ध संगठित अपराधको आरोपमा मुद्दा नचलाउने भएको छ । कानून जारी हुनुभन्दा पहिले ललिता निवास जग्गा अनियमितता भएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले कीर्तेको अभियोगमा मात्रै कारबाही गर्ने मागदावी लिएको हो । सरकारी किर्तेमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ललिता निवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा किर्ते कागजपत्रका आधारमा योजनाबद्ध र सङ्गठित रूपमा पटक पटक गरी व्यक्तिको नाममा सारिएको निष्कर्ष निकालेको छ । सोही आधारमा सीआइबीले सङ्गठित अपराध तथा किर्ते मुद्दा चलाउन सिफारिस गरेको थियो ।

तर सरकारी वकिलको कार्यालयले भने संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको हो । सीआईबीले २८६ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेपनि सरकारी वकिलको कार्यालयले ४ जना थपेर २९० जनालाई प्रतिवादी बनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस