कृष्णनगरमा पुनः कर्फ्यु लगाइयो

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा सोमबार साँझ ५ बजेदेखि फेरि कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी मंगलबार विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।

रातको समयमा सुरक्षा संवेदनशीलता बढी अपनाउनु पर्ने भएकाले कर्फ्यु लगाउनु परेको कपिलवस्तु प्रशासनले बताएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले सोमबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्मलाई हटाएको कर्फ्यू पुनः साँझ ५ बजेसम्मका लागि हटाइएको थियो ।

पूर्वमा सेमरा गाउँ, पश्चिममा झण्डीनगर, सिर्सिहवा चोक, उत्तरमा कृष्णनगर नगरपालिका १ शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रसम्म कर्फ्यू लगाइएको छ ।

मूर्ति विसिर्जनको विषयलाई लिएर दुई समूहबीच भएको विवादपछि उत्पन्न झडप नियन्त्रणका लागि जिल्लाको कृष्णनगरमा आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लगाइएको थियो ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस