थाइ एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई गर्‍यो सेल्स एजेन्टमा नियुक्त

काठमाडौं । कोभिडका कारण तीन वर्षदेखि बन्द रहेको थाइ एयरवेजले नियमित उडान गर्ने भएको छ। थाइले न्यारोबडी ‘ए३२०–२३२’ जहाजमार्फत बैंकक–काठमाडौं दैनिक एक उडानका लागि अनुमति मागिसकेको छ।

प्राधिकरणका अनुसार एयरवेजले आगामी कात्तिक १५ (नोभेम्बर १) देखि सातामा सातैवटा उडानका लागि अनुमति मागेको छ। एयरवेजले आगामी नोभेम्बरबाट उडानहरू पुनः सञ्चालन गर्दै तथा नेपालको लागि जेनेरल सेल्स एजेन्टको रूपमा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नियुक्त गरेको छ।

थाई एयरवेज इन्टरनेशनलका चिफ कमर्सियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेसनलको काठमाडौं उडान नियमित हुनेमा खुसी व्यक्त गरे। उनले थाई एयरवेजको उडान पुनः सञ्चालनले नेपाली पर्यटक र यात्रुहरूको बढ्दो संख्याका लागि मात्र नभई दुई देशहरूबीचको आर्थिक गतिविधिहरूलाई समेत अभिवृद्धि गर्नेछ भन्ने कुरामा विश्वस्त रहेको बताए।

‘अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरहरूमा थाई एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरूलाई सहज र सुरक्षित उडान विकल्पहरू प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन गर्न सक्षम हुनेछौँ,’ उनले भने।

आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले थाई एयरवेज इन्टरनेसनलको नेपालका लागि जि.एस.ए नियुक्त भइ काम गर्न पाउँदा खुसी व्यक्त गरे।

सन् १९६८ देखि नेपालमा उडान सञ्चालनको आफ्नो गौरवशाली इतिहासको साथ, थाई एयरवेजले नेपाली जनताको हृदयमा विशेष स्थान राखेको बताए। यसले नेपाली जनतालाई ‘भ्याकेसन’ र ‘अन–बोर्ड सर्भिस’ को अवधारणा परिचय गराउनमा पनि महत्वपूर्ण भूमिका खेलेको समेत सिंहले बताए।

‘बैंकक नेपाली परिवारका लागि पुस्तौँदेखि विदेशी भ्याकेसनको पहिलो गन्तव्य बनेको कुरा यथावत नै छ। थाई एयरवेजको उडान पुनः सञ्चालनले पर्यटकहरूलाई नेपाल भ्रमणका लागि थप कनेक्टिभिटी उपलब्ध गराएर नेपाली पर्यटन उद्योगलाई प्रवर्द्धनमा पनि मद्दत गर्नेछ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस