दिउँसो १ बजे संसद् बैठक, चल्ने सम्भावना न्यून

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको हो ।

बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।

उनले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । बैठकमा सभामुख घिमिरेले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको तथा सांसद सुनीलकुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी पनि गराउनेलगायतका संभावित कार्यसूची छन् ।

यी अधिकांश सम्भावित कार्यसूची यसअघिकै बैठकका लागि तय गरिएका थियो । तर, साउन १० गते यता म्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट संसद बैठक लगातार अवरुद्ध हुँदा बैठकका कामकारबाही प्रभावित हुँदै आएका छन् । ६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले बैठक अवरुद्ध गर्दै आएका छन् ।

सरकारी निकायले नै उक्त प्रकरणको अनुसन्धान गरिरहेकाले अर्को समिति आवश्यक नभएको सत्तापक्षले तर्क गरिरहेको छ । छानबिन समिति नबनाएसम्म बैठक सञ्चालन गर्न नदिने एमालेको अडान कायमै छ ।

यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो मात्रै प्रमुख प्रतिपक्ष र सत्ता पक्षका दलहरूबीच छलफल चलिरहेकाले आजदेखि संसद खुल्ने विश्वास व्यक्त गरेका थिए । तर यसबीचमा प्रतिपक्षी दलबीच कुनै संवाद र सहमति नभएकाले आजको बैठक संचालन हुने सम्भावना पनि न्यून देखिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस