हामी सरकारमा रहँदासम्म सुशासनको अभियान रोकिँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियान नरोकिने बताएका छन् । उनले सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न खोजेपनि अभियान नरोकिने बताएका हुन् ।

गोरखाको अजिरकोट गाउँपालिका-२ स्थित भच्चेकमा ‘भच्चेक आधारभूत अस्पताल’को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूको धम्कीबाट आफू नडराउने बताए । ‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौँ भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौँ,’ उनले भने, ‘जुन दिनसम्म सरकारमा रहन्छौँ, यो सुशासनको अभियान रोकिँदैन।’

उपप्रधानमन्त्री श्रेष्ठले नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने पनि प्रष्ट पारे । अध्यक्ष दीपक देवकोटा तथा उपाध्यक्ष अनिता भुजेलले उदाहरणीय नेतृत्वबाट अजिरकोट गाउँपालिकाले विकासमा फड्को मार्दै गएको भन्दै उनले खुसी पनि व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds