डोटीमा मेयर र स्वकीयको झगडा, राजेशको टाउकोमा टाका

काठमाडौँ । डोटीमा एक नगर प्रमुख (मेयर) र उनका आफ्नै स्वकीय (सहयोगी)बीच विवाद भएको छ । जिल्लाको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायर र स्वकीय सचिव राजेश ठगुन्नाबीच विवाद भएको हो ।

राजेशले आफूलाई मेयरबाट खुकुरी प्रहार भएको आरोप लगाएका छन् । तर मेयरले भने सो आरोप झुटो भएको दाबी गरेका छन् । प्रहरीका अनुसार बिहीबार राति करिब साढे ११ बजेको समयमा उनीहरुबीच शिखर नगरपालिकाको वडा नम्बर ११ स्थित बान्डुनिसैनमा विवाद हुँदा झडप भएको थियो । राजेशले मदिरा सेवन गरेको अवस्थामा मेयरसँग विवाद भएको र मेयरले विवादका क्रममा ढुङ्गाले टाउकोमा हानेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी राजेन्द्र धमलाले बताएअनुसार गाउँकै एक बिरामी मान्छेलाई गाडीको व्यवस्था गरेर बाहिर अस्पताल पठाउने विषयमा विवाद भएपछि उनीहरुको हानाहान भएको थियो । झडपपछि घाइते भएका राजेशको टाउकोमा टाका लगाइएको र अहिले घरमा आराम गरिरहेको प्रहरीले बताएको छ ।मेयर बला

यरले आफूमाथि आक्रमण हुने अवस्थामा ढुङ्गा प्रहार गरेको प्रहरीलाई बताएका छन् । मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश उनका विश्वासपात्र थिए । अहिले घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस