लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट ५० एजेन्सी मेनेजर र ८१ अभिकर्ता सम्मानित

काठमाडाैं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट काम गर्ने ५० एजेन्सी मेनेजर र ८१ अभिकर्ताहरुलाई सम्मान गरेको छ। चितवनमा सम्पन्न तीन दिने ‘लिडर एक्सिलेनस अवार्ड २०२३’ का अवसरमा सो सम्मान गरेको हो।

कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभूषित गरिएको थियो।

त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, दितिय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फ बाट क्रमस नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो।

चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा ‘सार्क वर्ष : पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ। साउन १७ देखि १९ सम्म चलेको कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो।

कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप