यूट्यूबमा ८ करोडले हेरे ‘कुटुमा कुटु’ गीत

काठमाडौं । यूट्यूबमा नेपाली चलचित्र ‘२ रूपयाँ’को सुपर हिट गीत ‘कुटुमा कुटु’ ८ करोड पटक हेरिएको छ ।
यो भ्यूज नेपाली गीतले युट्युबमा सबभन्दा बढी हो ।
निकै चर्चित संगीतकार राजनराज शिवाकोटीले ‘कुटुमा कुटु’मा शब्द तथा संगीत दिएका हुन् । करिब १८ महिना अघि यूट्यूबमा सार्वजनिक गरिएको यस गीतबाट शिवाकोटीले यो वर्षा थुप्रै अवार्डहरु पनि हात पारे सकेका छन् ।
मेलिना राई, राजन ईशानको साथमा शिवाकोटीको स्वरमा सजिएको गीतका कोरियोग्राफर भने कविराज गहतराजले गरेका हुन् ।
‘कुटुमा कुटु’ गीत यूट्यूबमा ८ करोड पटक हेरिदा २ लाख ३६ हजार लाइक र ४० हजार डिसलाइक मिलेको छ भने करिब १८ हजार कमेन्ट प्राप्त भएको छ ।
गीतमा निर्देशक निश्चल बस्नेत, आशिफ शाह र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री