काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा कांग्रेसले बैठक बोलाएको हो ।
बैठकमा जारी संसद् अवरोध हटाउने, सदनमा विचाराधीन रहेका विधेयक तथा नयाँ विधेयकका साथै पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनील शर्मा पक्राउका विषयमा पनि छलफल हुनेछ । साथै, संसदमा पार्टीको भूमिका विषयमा पनि छलफल हुने जनाइएको छ ।
जनताका जनजीविकाका मुद्दाबारे डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुमा लागेको लम्पीस्किन रोग नियन्त्रणबारेमा बैठकमा छलफल हुनेछ । सोही सन्दर्भमा कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए ।
तपाईंको प्रतिकृया




