लगातार चौथो दिन घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा लगातार सुनको भाउ चौथो दिन पनि घटेको छ । गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो ।

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघले आजको मूल्यसूची तय गर्दै एकैदिन सुनको मूल्य ७०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री