सभामुखसहित शीर्ष नेता पुनः बस्दै

काठमाडौँ । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक बस्ने भएको छ । सभामुख घिमिरेसहित हिजो बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बैठक बस्न लागेको हो ।

बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ । सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच हिजो दुईपटक छलफल भएको थियो । पहिलो चरणमा दिउँसो १ बजे सिंहदरबारमा र दोस्रो चरणमा साढे ३ बजेपछि बसेको बैठक निष्पर्कविहीन भएको थियो ।

सरकार र एमालेबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक हिजो पनि बस्न सकेन । एमालेले करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । एमालेको मागमा सरकार सहमत भएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री