भारी वर्षाले डुबानमा काठमाडौँका यी क्षेत्र

काठमाडौं । काठमाडौँमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण गौरिघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको छ ।

काठमाडौँ उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपास भारी वर्षा भएको कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पनि पानीको बहाव बढेको छ ।

विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढेकोले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप