सोनापुर मिनिरल्सलाई प्रिमियम भाउमा आईपीओ बिक्री गर्न बोर्डको अनुमति

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले प्रिमियम भाउमा आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

सोनापुरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

आयोजना प्रभावित स्थानीयलाई १०० रुपैयाँ फेस भ्याल्यूमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले आइपीओ बिक्री हुने भएको छ ।

यस्तै, सर्वसाधारणलाई भने १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँको दरले आइपीओ बिक्री हुने भएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री