अंगदान तथा प्रत्यारोपणसम्बन्धी चेतनामूलक वृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन

काठमाडाैँ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अंगदान र अंग प्रत्यारोपणसम्बन्धी चेतनामूलक वृत्तचित्र ‘पुनर्जन्म’ प्रर्दशन गरेको छ । उक्त वृत्तचित्र केन्द्रले नै निर्माण गरेको हो ।

शुक्रबार राजधानीको कुमारी हलमा आयोजित एक समारोहबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, कलाकार, चिकित्सक, स्वास्थ्यकर्मीलगायतको उपस्थितिमा सराना श्रेष्ठले निर्देशन गरेको १५ मिनेट लामो वृत्तचित्र ‘पुनर्जन्म’ प्रर्दशन गरेको हो ।

वृत्तचित्रले मस्तिष्क मृत्युपछिको अंगदानबारे भ्रम हटाउन, अंगदानका बारेमा उत्प्रेरणा जगाउन सहयोग पुग्ने शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले बताए । वृत्तचित्र ‘पुनर्जन्म’ ले अंग फेल हुने अवस्था, अंगदानको महत्त्वको बारेमा सरल ढंगबाट आमसर्वसाधारणलाई बुझाउन सहज हुने समेत डा. श्रेष्ठले बताए ।

वृत्तचित्रमा मुलुकमा अंगफेल हुने अवस्था के छ, मस्तिष्क मृत्युपछिको अंगदान र प्रत्यारोपणको अवस्था, मस्तिष्क मृत्युपछि पाएको अंगबाट प्रत्यारोपण गरेका र पर्खाइमा रहेका व्यक्तिहरुसँगको अन्तरसंवादमार्फत आम जनमानसमा मस्तिष्क मृत्युपछिको अंगदान र अंग प्रत्यारोपणबारे बुझाउन खोजिएको छ ।

वृत्तचित्रका निर्देशक सराना श्रेष्ठले मस्तिष्क मृत्युपछिको अंगदान कार्यमा अपेक्षाकृत मानिसहरूको सहभागिता नभइरहेको अवस्थामा वृत्तचित्रले जनचेतना दिन सहयोग गरेको विश्वास व्यक्त गरिन् ।

वृत्तचित्रमा नेपालमा अंगफेल हुने अवस्था के छ ? मस्तिष्क मृत्युपछिको अंगदान र प्रत्यारोपणको अवस्था, मस्तिष्क मृत्युपछि पाएको अंगबाट प्रत्यारोपण गरेका र पर्खाइमा रहेका व्यक्तिहरुसंगको अन्तरसम्वाद मार्फत आम जनमानसमा मस्तिष्क मृत्युपछिको अंगदान र अंग प्रत्यारोपणबारे बुझाउने कोसिस गरिएको छ ।

कार्यक्रममा वरिष्ठ कलाकारहरु, चिकित्सकहरु, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा महजोडीले पनि अंगदानका विषयमा चर्चा गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds