काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन् । ३२ वर्षीय मल्लले शुक्रबार आकस्मिक रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै सन्यासको घोषणा गरेका हुन् ।
सन्यासको घोषणा गर्दै लामो समय देशका लागि खेलेको र अहिले बिदा हुने सही समय भएको लागेर सन्यास लिएको बताएका छन् । मल्लले नेपालको प्रतिनिधित्व गर्दै ३७ एकदिवसीय र ४५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
उनले ३७ एकदिवसीय खेलमा ७ अर्ध शतकसहित ८७६ रन बनाएका छन् भने ४५ टी-२० खेलमा एक शतक र २ अर्ध शतकसहित ८८३ रन बनाएका छन् ।
प्रतिकृया दिनुहॊस