सुन तस्करी काण्डको अनुसन्धान अब सीआईबीले गर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पक्राउ परेको १ क्विन्टल सुनको अनुसन्धान अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने भएको छ । हालसम्म राजस्व अनुसन्धान विभागले मात्र उक्त प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।

प्रधानमन्त्रीसँग गृहमन्त्री र नेपाल प्रहरीका आईजीपीसँग छलफल गरेपछि सरकार उक्त अनुसन्धानको बाँकी काम सीआईबीलाई जिम्मा लगाउने निष्कर्षमा पुगेको हो । हालसम्म भएका अनुसन्धानको फाइल र पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धानले सीआईबीको जिम्मा लगाउने छ ।

अनुसन्धान पूरा भएपछि राजस्व अनुसन्धान विभागले राजस्व छली र सीआईबीले संगठित अपराधमा मुद्दा चलाउने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds