‘जोगिन्दर’ले ल्याए ‘लुछाचुँडी’

काठमाडौं । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले यसवर्षको गाईजात्रालाई लक्षित गर्दै गाइजात्रे कमेडी ‘लुछाचुँडी’ ल्याउनुभएको छ ।

ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक ‘लुछाचुँडी’मा देशमा देखिएका अनेक विकृतिलाई तीखो व्यग्य गरिएको छ । उहाँले विविध विषयका साथै हार्ने नेतादेखि जित्ने पार्टीसम्मलाई व्यग्य कस्नुभएको छ ।

जोगिन्दरलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिनुभएको छ । गीतका शब्द लोकराज अधिकारीले लेख्नुभएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप