माओवादीले ‘लाइभ’ नगर्ने, केन्द्रीय समिति बढाउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । पार्टीभित्रकै नेताहरुले बैठक लाइभ नगर्न दबाब दिएपछि पदाधिकारी बैठक गरेको निर्णयबाट माओवादी पछि हटेको हो ।

यसअघि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो । आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ । ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी माओवादीको छ ।

बैठकमा सबै केन्द्रीय समिति सदस्यलाई बोल्नका लागि पाँच/पाँच मिनेटको समय दिइने निर्णय गरिएको छ । बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेपछि सुरु हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्‍घाटन गर्ने छन् ।

पाँच दिनसम्म चल्ने भनिएको केन्द्रीय कमिटी बैठकमा बैठकमा ३ सय ८५ जना केन्द्रीय समिति सदस्य, १ सय ९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना सदस्यका साथै प्रदेश पदाधिकारी १ सय गरी जम्मा ७ सय ५८ सहभागी हुनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री