सिटिजन्स बैंक र दराजबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल र दराज क्यामु प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकहरूलाई दराजमा सामान किन्दा विशेष छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

सो सम्झौतापछि बैंकका कार्डबाहकहरूले हरेक बिहीबार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा पाँच सयसम्म छुट पाउन सक्नेछन्। यसका साथै बैंकबाट यही अगस्ट १ तारिखपछि नयाँ कार्ड प्राप्त गर्ने ग्राहकहरूले दराजमा प्रथम पटक कारोबार गर्दा समेत थप एक सय ५० रुपैयाँसम्मको भौचर प्राप्त गर्न सक्नेछन्।

दराज क्यामुको रोटरी कम्पलेक्स, थापाथलीस्थित कार्यालयमा आयोजित उक्त कार्यक्रममा बोल्दै बैंकका मास बैंकिङ अधिकृत रोशन मानन्धरले यस किसिमको सहकार्यबाट बैंकका कार्डवाहकहरूलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने धारणा व्यक्त गरे।

सो अवसरमा दराजका प्रमुख सञ्चालन अधिकृत विमल अर्यालले दराज समग्र इ–कमर्स क्षेत्रको विकासको लागि प्रतिवद्ध रहेको जनाउँदै आगामी दिनहरूमा समेत बैंकसँग सहकार्य गर्दै अगाडी बढ्ने र डिजिटल कारोबारलाई थप प्रवर्द्धन गर्दै जाने धारणा राखे।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस