आँखुखोला जलविद्युतको हकप्रद बिक्री सेयर प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ

काठमाडौं । काठमाडौं नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीको संचालक समितिको निर्णयानुसार आफ्ना शेयरधनीहरुलाई १ः१.५ को अनुपातमा निकट भविष्यमा जारी गर्न लागिएको हकप्रद निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट शेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौता भएको हो । जसमा कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा शेयर रजिष्ट्रार सम्बन्धि सम्झौतामा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा शर्मा र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर गरेका हुन् ।

काठमाडौंबाट करिब १३२ किलोमिटर टाढा धादिङ्ग जिल्लामा अवस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीहरु मध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । औसत बार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशत भन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds