ज्योति विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौँ । ज्योति विकास बैंकले बैंकको १५औं वार्षिकोत्सवको अवसरमा देशभरिका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ । वातावरण, स्वास्थ्य, सशक्तिकरण लगायतका विभिन्न क्षेत्रहरुमा सहयोग पुर्याउने हेतुले उक्त कार्यहरु गरिएको बैंकले जनाएको छ ।

शारीरिक तवरले फरक बालबालिकाहरुका लागि कृत्रिम हात प्रदान गर्न इनेबल नेपालसँग सहकार्य गर्न बैंकले सम्झौता गरेको छ । सो सहकार्यमा बैंकले १५ जना बालबालिकाहरुलाई ‘थ्रीडी पेइन्ट प्रोथेटिक’ हात प्रदान गर्नेछ । सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा संस्थाका अध्यक्ष सुरेन्द्र श्रेष्ठले हस्ताक्षर गरे ।

यसैगरी फेक्ट नेपालसँगको सहकार्यमा बैंकले १५ विभिन्न ठाउँहरुमा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको आयोजना गर्न सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत भट्ट तथा संस्थाका कार्यकारी निर्देशक गौरी प्रधानले हस्ताक्षर गरेका छन् ।

वार्षिकोत्सवको अवसरमा बैंकको धनगढी शाखाले हरियाली प्रवर्द्धनको लागि वृक्षारोपण कार्यक्रमको पनि आयोजना गरेको छ। धनगढी उप–महानगरपालिकासंगको समन्वयमा बैंकले वृक्षारोपण गरेको हो । सोही वार्षिकोत्सवको अवसरमा बैंकको मुर्गिया शाखाले सैनामैना नगरपालिकको वडा नं ५, ६ र ७ का सार्वजनिकस्थानहरुका लागि ५० थान डस्टबिन वितरण गरेको छ । स्वच्छ र सफा समुदायको लागि बैंकको मुर्गिया शाखाको सक्रियतामा उक्त कार्यक्रम गरिएको हो।

यसैगरी बैंकको हसुलिया शाखा र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि गरिएको थियो। नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा यी दुई स्थानमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ग्राहकवर्ग, कर्मचारी लगायत स्थानीय बासिन्दाहरुको सहभागीता रहेको थियो । करिब ७५ जनाले उक्त कार्यक्रममा रक्तदान गरेका थिए ।

वार्षिकोत्सवमा बैंकले लमजुङस्थित अपाङ्ग संरक्षण समाजसंगको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सहायता सामाग्रीहरु प्रदान गरेको छ । बेसीशहर शाखा कार्यालयमा वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले उक्त सहायता सामाग्रीहरु वितरण गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस