काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीका नाइकेलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामिछानेले सरकारले ट्याक्सी ड्राइभर र सुन बोक्ने भरियालाई समातेर मालिकको संरक्षण गरेको आरोप लगाए । उनले सरकारले विभिन्न भ्रष्टाचारका प्रकरणमा अलिअलि गर्न खोजे जस्तो गर्ने तर जरासम्म नपुग्ने गरेको बताए ।
उनले सुन तस्करी प्रकरणबारे रास्वपाले संसदमा संकल्प प्रस्ताव पेश गरेको जानकारी दिँदै त्यसमाथि छलफल गराउन सभामुखसँग आग्रह गरे ।
प्रतिकृया दिनुहॊस