मंगलबार बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ । मंगलबारको बजार भाउ तय गर्दै महासङ्घले सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले मूल्यवृद्धि भएको जनाएको हो ।

यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो । मंगलबार सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने घटेको छ ।

महासङ्घले म‌गलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो । यससँगै चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । सोमबार चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोफा हब काठमाडौद्वारा ‘लक्की ड्र’ काे विजेता घोषणा

काठमाडौं । सोफा हब काठमाडाैंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘ उत्सवको बहार …

प्रतिकृया दिनुहॊस