काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले राष्ट्र बैंक सञ्चालक समिति बैठक जारी रहेको हो ।
गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार बेलुका सञ्चालक समितिको बैठक आइतबार बिहानका लागि डाकेका थिए । राष्ट्र बैंकको व्यवस्थापन समितिले मौद्रिक नीति पारित गरिसकेको छ । सञ्चालक समितिले पारित गरेमा आज दिउँसो २ बजेसम्म जारी गर्ने कार्यक्रम रहेको गभर्नर कार्यालय स्रोतको दाबी छ ।
राष्ट्र बैंकले वैदेशिक मुद्राको सञ्चितिलाई असर नगर्ने, ब्याजदर नियन्त्रण गर्ने लगायतका उपायसहित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । विशेषगरी ब्याजदर नियन्त्रण र कर्जा लगानीमा उदार हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने निजी क्षेत्रको माग छ ।
तपाईंको प्रतिकृया




