नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुल्यो

काठमाडौँ । बेलायतमा नेपाली नर्सलाई रोजगारीका लागि पठाउन आवेदन खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रूपमा पहिलो चरणमा १०० जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो ।

नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‌बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो ।

बेलायत जान इच्छुक नेपाली नर्सले आजदेखी आवेदन दिन सक्नेछन्। श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोर्टल समेत बनाएको छ। बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि अक्टोबर १९ सम्ममा अर्थात् तीन महिना भित्रमा बेवसाइटमार्फत् अनलाइन आवेदन दिन पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री