दशैँ मान्न गाउँ हिँडेका यात्रु बोकेको बस दुर्घटना

रामेछाप । काठमाडौँबाट दशैं मान्न गाउँ फर्कँदै गरेका यात्रुले भरिएको बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरामा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा २९ जना घाइते भएका छन् । २९ जना घाइते मध्ये १२ जना गम्भीर घाइते भएका छन् ।

बा ३ख ४६७५ नं को बस आज दिउँसो दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो । बालिकाको सनाखत हुन सकेको छैन ।

घाइतेको सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित भरोसा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

बस सडकबाट करीब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विपरीत दिशाबाट आइरहेको गाडीलाई ठाउँ दिने क्रममा दुर्घटना भएको प्रहरीले आशङ्का गरेको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

म दोषी नै हुँ भने फाँसी दिइयोस्, ८ वर्ष कैदले पुग्दै पुग्दैन : सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पुनः आफूलाई फसाइएको भन्दै सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् । …

प्रतिकृया दिनुहॊस