कांग्रेसको केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनाको पहिलो हप्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक दुई महिनापछिको पहिलो साता गर्ने प्रस्ताव गरिएको छ ।

पार्टी मुख्यालय सानेपामा जारी केन्दीय समितिको बैठकमा महामन्त्री गगन थापाले अहिलको बैठक साउनको पहिलो साता बसेकाले अरू बैठक पनि पहिलो साता बस्ने प्रस्ताव पढेर सुनाएका हुन् ।

कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिको बैठक दुई महिनामा कम्तीमा एकपटक बस्ने उल्लेख छ । थापाले एकवर्षे कार्ययोजना प्रस्तुत गर्दै अबका बैठक असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्ने प्रस्ताव गरे ।

वर्षमा न्यूनतम दुई बैठक काठमाडौंबाहिर गर्ने प्रस्ताव रहेको उनले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री