माछापुच्छ्रे क्यापिटलको सीईओमा पराग विष्ट नियुक्त

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पराग विष्ट नियुक्त भएका छन् । माछापुच्छ्रे क्यापिटलको सञ्चालक समितिले साउन १ गते विष्टलाई सीईओमा नियुक्त गरेको हो ।

यसअघि, माछापुच्छ्रे क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारीको रुपमा उपेन्द्र मालाकारले जिम्मेवारी निभाउँदै आएका थिए ।

विष्टले आईआईएम कलकत्ताबाट एक्ज्युकेटिभ प्रोग्राम इन बिजनेस म्यानेजमेन्ट (ईपीबीएम) र दिल्ली विश्वविद्यालयबाट एम कम गरेका छन् । उनले नेपाल र भारतको लगानी बैंकिङ उद्योगमा १९ वर्षभन्दा बढी समयदेखि सेवा दिइरहेको माछापुच्छ्रे क्यापिटलले जनाएको छ ।

डिसेम्बर २०१३ मा एनआईबीएल क्यापिटलको प्रबन्धकको रूपमा नेपालको पुँजी बजारमा प्रवेश गरेका विष्टले सिभिल क्यापिटल मार्केट लिमिटेडमा सीईओको रूपमा काम गरेका थिए ।

माछापुच्छ्रे क्यापिटल लिमिटेडमा आवद्ध हुनुअघि उनी सन् २०१८ मा उनी ग्लोबल आइएमई क्यापिटलको उपप्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस