कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

काठमाडौँ । कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा नियुक्त भएका छन् । कम्पनीले आज सोमबारदेखि लागू हुनेगरी उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

यसअघि शर्मा सोही कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । बैंक तथा वित्तीय क्षेत्रमा १३ बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका शर्मा स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व मानिन्छन् ।

शर्माको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ कम्पनीले विश्वास लिएको छ । कुमारी बैंकको सहायक कम्पनीका रूपमा रहेको क्यापिटलको चुक्ता पूँजी ४० करोड रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस