साताको पहिलो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भई रहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री