२५ विद्यार्थीलाई विष खुवाएकी शिक्षिकालाई मृत्युदण्ड

एजेँसी । चीनमा एक महिला शिक्षकलाई मृत्युदण्ड दिइएको छ । ती शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको पुष्टि भएको थियो । विष खुवाएकामध्ये एक बालकको मृत्यु भएको आरोपमा उनलाई मृत्युदण्ड दिइएको हो ।

विष खुवाइँदा २४ बालबालिकाको अवस्था नाजुक भएको थियो । यस घटनामा दोषी ठहरिएपछि ती शिक्षिकालाई गत शुक्रबार मृत्युदण्ड दिइएको हो । चीनको हेनान प्रान्तको यो घटना चार वर्ष पुरानो हो, जब एक शिक्षिकाले यो घृणित घटना घटाएकी थिइन् ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार विषाक्त खाएका बालबालिका उपचारपछि निको भए पनि एक बालकको अवस्था भने निरन्तर बिग्रँदै गएपछि १० महिनाको उपचारपछि उनको मृत्यु भएको थियो । यसअघि महिला शिक्षिकाले पनि श्रीमानलाई विष खुवाएर घाइते बनाएकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री