रौतहटमा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या

काठमाडाैँ । रौतहटको कर्कचमा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका–६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साह कानुको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालकाअनुसार साह शुक्रबार बिहान उनकै घरमा हत्या गरिएको अवस्थामा फेला परेका थिए । साहको हत्या कसले र किन गर्‍यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उपरीक्षक खनालले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री