श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालयमा

नेपालगन्ज।  बाँकेको कोहलपुरमा एक व्यक्तिले आफनो  श्रीमतीको घाँटी रेटेर हत्या गरी टाउकोसहित प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । कोहलपुर-४ बेलनपुरका २९ वर्षीय अहमद अफताब बेडुवाले २५ वर्षीया श्रीमती फलसुन देवी बेडुवाको हत्या  गरेका हुन । राति साढे १० बजेतिर  श्रीमतीको टाउको साइकलमा राखेर इलाका प्रहरी कार्यालय पुगेका थिए । श्रीमतीको टाउको लिएर प्रहरी कार्यालय पुग्दा प्रहरी समेत छक्क परे । प्रारम्भिक अनुसन्धानमा घरायसी झगडाका कारण श्रीमतीको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीलाई अभियुक्त अहमदले दिएको बयान अनुसार उनका दुई जना श्रीमती थिए । फुलटन उनकी जेठी श्रीमती हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री