एसियन एथलेटिक्स एशोसियसन काउन्सिल मेम्बरमा राजीवविक्रम शाह निर्वाचित

काठमाडौँ । एसियन एथलेटिक्स एशोसियसनको काउन्सिल मेम्बरमा राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनले थाइल्यान्डमा भएको निर्वाचनमा युएई, हङकङलगायतका प्रतिस्पर्धीलाई पछि पार्दै विजय हासिल गरेका हुन् ।

उनले जम्मा ३४ स्कोर प्राप्त गरेर सबैभन्दा शीर्ष तहमा विजय हासिल गरेका हुन् । शाहसहित १५ देशका प्रतिनिधिको उम्मेदवारी परेको थियो । उनीसहित काउन्सिल मेम्बरका लागि ८ जना निर्वाचित भएका छन् ।

कर्णाली प्रदेश सभा सदस्य रहेका शाह नेपाल एथलेटिक्स संघका अध्यक्ष पनि हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री