ललिता निवास प्रकरण : १४ अभियुक्तलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १४ जना अभियुक्तलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमित दिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेर हिरासतमा रहेका अभियुक्तहरुमाथि थप अनुसन्धान गर्नुपर्ने भएकोले हिरासतमा राख्ने म्याद थप गर्न माग गर्दै आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, पूर्व नापी अधिकृत ध्रुव अर्याल, समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरे, मालपोत कार्यालयका तत्कालीन नायव सुब्बा योगराज पौडेल, खरिदार नारायणदास मिश्र, धर्मप्रसाद गौतम, गोपाल कार्की, काठमाडौं महानगरका अधिकृत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन, नापीका कर्मचारी घमनकुमार कार्की, समरजङ कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यही प्रकरणमा पक्राउ परेका ३ जनालाई प्रहरीले छोडेको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अख्तियारद्वारा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद …

प्रतिकृया दिनुहॊस